मोरङ कारागारमा ४२ जना मानसिक रोगी

मोरङ, ९ कात्तिक २०७४ । मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ ।

कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत ५ वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये ३ महिला छन् । कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ ।

कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेसज्ञ डा रोशन पोखरेलले भन्नुभयो “कारागारका मानसिक रोगी उपचारका लागि यहाँ आउन त आइरहन्छन् तर संख्या यति हो भन्ने यकिन छैन ।”

ती मानसिक रोगीमा झोक्र्याउने, तर्सिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उहाँले बताउनुभयो ।

४ सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ७५५ कैदीबन्दी छन् ।

 

  • 23Read This News:
  • 438633Total reads:
  • 250624Total visitors: