बुद्ध एयरको पोखरावाट भरतपुर र भैरहवामा नियमित उडान शुरु

कास्की, ३० भाद्र २०७४ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ ।

बुद्ध एयरले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । १९ सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताउनुभयो ।

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु । ३ हजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु ४ हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।

यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिनुभयो ।

बुद्ध एयरले शुक्रबारबाट शुरु गरेको पोखरा–भरतपुर पहिलो उडानबाट भरतपुर आएका यात्रुलाई विमानस्थलमा स्वागत गर्दै भरतपुर शाखा प्रमुख भक्तबहादुर बस्नेत ।
बुद्ध एयरले शुक्रबारबाट शुरु गरेको पोखरा–भरतपुर पहिलो उडानबाट भरतपुर आएका यात्रुलाई विमानस्थलमा स्वागत गर्दै भरतपुर शाखा प्रमुख भक्तबहादुर बस्नेत ।

 

  • 46Read This News:
  • 459200Total reads:
  • 268731Total visitors: