असोज २ गते प्रदेश नं. २मा सार्वजनिक बिदा

काठमाडौँ, ३० भाद्र २०७४ । नेपाल सरकार ९मन्त्रिपरिषद्०को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने प्रदेश नं. २ का विभिन्न ८ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

प्रदेश नं. २ का ८ जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।

Griha suchana 2074-06-02

 

  • 36Read This News:
  • 480348Total reads:
  • 287825Total visitors: