अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित

अमेरिका, ११ भाद्र २०७४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकार सेवास्टिएन गोर्काले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको छ ।

उहाँले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले शुक्रबार पुष्टि गर्नुभएको छ ।

“सेवास्टिएन गोर्काले राजिनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,” ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ । ४६ वर्षका गोर्का राष्ट्रपति उप सहायकको रुपमा कार्यरत हुनुहुन्छ ।

 

  • 38Read This News:
  • 438251Total reads:
  • 250251Total visitors: