भारतीय प्रधानमन्त्री द्वारा भारत बिहारका वाढीपीडितलाई राहतको घोषणा

भारत, ११ भाद्र २०७४। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बाढीबाट प्रभावित बिहार राज्यको हवाई निरीक्षण गर्नुभएको छ ।

हवाई निरीक्षणपछि तत्कालका लागि राहत स्वरुप ५ अर्ब भारतीय रुपैँया तथा बाढीमा मृत्यु हुने पीडित परिवारलाई २ लाख प्रतिव्यक्ति सहयोगको घोषणा गर्नुभएको छ ।

उहाँले बाढीबाट भएको क्षतिको विवरण तयार गर्न केन्द्रिय टोलीलाई पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले बीमा कम्पनीका अधिकारीलाई बाढी प्रभावित क्षेत्रमा गई शीघ्र बाढीका कारण क्षति भएका कृषि बालीको लागत सङ्कलन गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षणपछि बिहारका मुख्यमन्त्री नितीशकूमार, उप–मख्यमन्त्री शुशीलकूमार लगायतका नेतासँग चुनापुर विमानस्थलमा शनिबार नै छलफल गर्नुभएपछि तत्कालका लागि उक्त राहतको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले बिहार सरकारलाई सम्भव हुनेसम्म सवै सहयोग बाढी प्रभावित क्षेत्रमा पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

 

  • 42Read This News:
  • 438283Total reads:
  • 250283Total visitors: