भ्रष्टाचार आरोप लागेका पूर्व थाइ प्रधानमन्त्री सिनावात्रा दुबईमा

थाइल्याण्ड, ११ भाद्र २०७४। चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा दुबई उडेको उहाँको दलले जनाएको छ ।

उहाँलाइ चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेको छ । उहाँ बेलायत जाने क्रममा दुबइ पुगेको उहाको दलका वरिष्ठ सदस्यले जनाए ।

पूर्व प्रधानमन्त्री शिनावातलाई शुक्रबार अदालतमा सुनुवाइका लागि उपस्थित हुन भनिएको थियो तर उपस्थित नभएपछि अदालतले उहाँलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो ।

शिनावात्रा विरुद्धको मुद्दामा शुक्रबार फैसला सुनाउने तयारी गरेको सर्वोच्च अदालतले फैसला अर्को महिना गर्ने जनाएको छ । उहाँ बेलायत जानेक्रममा कम्वोडिया–सिङ्गापुर हुँदै दुबई पुग्नुभएको, जुन्ता दलका एक सदस्यले बताए । दुबईमा उहाँका दाजु पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा स्वघोषित निर्वासनमा बसिरहनुभएको छ ।

उनले भने, “हामीले उहाँ क्याम्बोडिया हुँदै सिंगापुर पुगेको र त्यहाँबाट दुबईका निम्ति उडेको थाहा पाएका छौँ । उहाँ सकुशल त्यहाँ पुगेर बसिरहेको जानकारी छ ।” “उहाँ बेलायत जाने योजना छ ।”

त्यस प्रकरणमा दोषी ठहरिएमा पूर्व प्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय हुनसक्नेछ ।

 

  • 57Read This News:
  • 458628Total reads:
  • 268191Total visitors: