तीजको अवसरमा ह्याण्ड वल प्रतियोगिता

कास्की, ९ भाद्र २०७४ । हरितालिका तीजको अवसरमा हिमालय क्लब बाटुलेचौरद्वारा आयोजित छात्रतर्फको ह्याण्डबल उपाधि सोसियल पब्लिक र छात्रातर्फ पोखरा एकेडेमीले जितेका छन् ।

विहिवार सम्पन्न छात्रतर्फको अन्तिम खेलमा सोसियल पब्लिकले सरस्वती आदर्श विद्याश्रमलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो भने छात्रातर्फ पोखरा एकेडेमीले लिटिल स्टेपलाई ४–३ ले हराउँदै उपाधि जितेको हो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः रु १५ हजार र १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा विजयी टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्न मन्त्रालयले काम थालेको बताउनुभयो ।

सचिव दाहालले १३औँ सागमा पोखरामा पाँच खेलका लागि छनोट भइसकेको हुनाले सोअनुरुपका पूर्वाधार विकासमा समेत मन्त्रालयले ध्यान दिएको जानकारी दिनुभयो । गत भदौ ५ गतेदेखि शुरु भएको सो प्रतियोगिताअन्तर्गत छात्रतर्फ १६ र छात्रातर्फ १५ टोलीको सहभागिता रहेको थियो ।

 

  • 47Read This News:
  • 474392Total reads:
  • 282702Total visitors: