सरकारी कागजात किर्ते गरी चोरीको गाडी किनवेच गर्ने अभियुक्त जेल चलान

कञ्चनपुर, २७ साउन २०७४। सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा पठाइएको छ ।

जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई रु २५ लाख धरौटीमा छाड्न आदेश दिएपछि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार अभियुक्त श्रेष्ठलाई धरौटीमा छाडे पनि भन्सार ठगीमा कारबाहीका लागि समेत राय उक्त मुद्दामा पेश गरिएको छ ।

‘रु २५ लाख तिर्न नसकेर पूर्पक्षका लागि श्रेष्ठ कारागार पुगे ।’ प्रहरी स्रोतले भन्यो–‘धरौटी बुझाएर छुटेपनि भन्सार कार्यालयले कारबाही चलाउँछ ।’

अभियुक्त श्रेष्ठले भारतबाट चोरीका सवारी साधन आयात गरी भीमदत्तनगर र धनगढीमा रहेका महाकाली एंव सेती अञ्चल यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका थिए ।

श्रेष्ठले किर्ते गरी किनबेच गरेका ९ थान जिप÷कार र ३६ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेका छन् । बरामद गरिएका ती सबै सवारी साधन आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अभियुक्त श्रेष्ठबाट सवारी साधन खरिद गर्नेहरु भने पीडित बनेका छन् । खरिदकर्ताहरुको लाखौं रकम डुबेको छ । भन्सार लिलाम कागजात किर्ते लगायतका कागजात बनाएर सवारी साधन दर्ता गरी बिक्री गर्दै आएका श्रेष्ठबारे सवारी साधन अञ्चलीकरण गर्ने क्रममा सोको रहस्य बाहिर आएको थियो ।

 

  • 41Read This News:
  • 417657Total reads:
  • 230412Total visitors: