पूर्व महान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न २८लाई मृत्युदण्डको आदेश

इजिप्ट, ८ साउन २०७४। सन् २०१५ मा इजिप्टका एक जना सरकारी पूर्व महान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न २८ अपराधीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले प्रसारण गरेको छ ।

यही फौजदारी मुद्दाको सिलसिलामा, अन्य अभियुक्तहरुः १५ जनालाई आजीवन कारावास(९इजिप्टको दण्ड बिधान अनुसार जनही पच्चीस बर्षको कैद), ८ जनालाई १५ बर्षको कारावास र १५ जनालाई १० बर्षको कारावासको सजायँ समेत तोकिएको छ ।

सजायँ सुनाइएका सबै अपराधी, अभियुक्तहरुलाई एउटा आतङ्ककारी संगठनसँग आबद्ध रही अबैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतङ्क फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो ।

यही सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा यसै फौजदारी अदालतले ३१ जना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिने गरी गरेको फैसला अनुमोदनका लागि एक महिनाजति अघि ग्य्राण्ड मुफ्तिू कहाँ पेश गरेको थियो ।

इजिप्टमा विद्यमान इस्लामिक कानून बमोजिम जटील तथा सङ्गीन अपराध बापत अदालतले दण्ड सजायँ तोकेपछि मुलुकका सर्बोच्च इस्लाम धर्माधिकारी (ग्य्राण्ड मुफ्ति) को सहमति लिनु अनिवार्य हुन्छ ।

प्रस्तुत मुद्दामा अदालतले ३१ जना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिएकोमा ‘ग्य्राण्ड मुफ्ति बाट २८ जनाको मात्र अनुमोदन भएका जनाइएको छ ।

सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतङ्ककारीहरुको एक समूहले कार बम बिस्फोटन गराई उनको बिभत्स हत्या गरेका थिए ।

त्यस बखत, यदाकदा नाम सुनिने गरेको र आफ्नो समूहलाई गिजा पपुलर रेसिस्टेन्सू भनी परिचय दिन रुचाउने आतङ्ककारीहरुको एउटा समूहले सो हत्याको दावी गरेको थियो ।

हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जनाजति अपराधीहरुलाई पक्रिइ तिनीहरु उपर ज्यानमारा मुद्दा चलाएको थियो । यी मध्ये एकजनाको कालगतिले मृत्यु भई सकेको छ ।

यस महान्याधिवक्ता हत्याकाण्ड अघि, अन्तर्राष्ट्रिय आतङ्ककारी समूह इस्लामिक स्टेट्ससँग आवद्ध, इजिप्टको सिनाइमा अखाडा जमाउँदै आएको अन्सार बेइत अल्–मक्दिस् समूहले अदालतका फलाना फलाना न्यायाधीशहरुउपर आक्रमण गर्नु भनी आफ्ना समर्थकहरुका नाममा आदेश चलाउने गरेको थियो ।

हत्याकाण्डमा परी मारिनु भएका हिसाम बराकत, इजिप्टका कट्टरपन्थी पूर्व इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सी अपदस्थ भएलगत्तै सन् २०१३ मा इजिप्टको महान्याधिवक्ता पदमा नियुक्त हुनु भएको थियो ।

 

  • 40Read This News:
  • 459677Total reads:
  • 269182Total visitors: