पृथ्वी पाचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ श्रावण ७ गते हुने

काठमाण्डौ, ६ साउन २०७४ । अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मूल नारासहित राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितीद्वारा आयोजित पृथ्वी पाचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ का लागि विहिवार राजधानीमा पत्रकार सम्मेलका बिच सम्पन्न भएको छ ।

यहि श्रावण ७ गते प्रज्ञाभवन कमलादी, काठमाण्डौमा हुन गइरहेको उक्त अवार्ड कार्यक्रमका वारेमा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा लोकप्रीय गायक प्रजापति पराजुली र पुर्व अध्यक्ष तथा प्राज्ञ दुर्गा रायमाझीले आ–आफ्नो अनुभव साट्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपत्यका समन्वय समितीका वर्तमान अध्यक्ष पी.एन. सापकोटाले गर्नुभएको थियो ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल र राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान उपत्यका समन्वय समितीको संयुक्त तत्वावधानमा तय गरीएको थियो ।

कार्यक्रममा प्रतिष्ठान उपत्यका समन्वय समितीका पुर्व अध्यक्ष तथा लोक दोहोरी अवार्डका संस्थापक शिव हमालले पत्रकार भेटघाटको यो अवसरले आफु हर्षित भएको खुशी प्रकट गर्नुभयो । लोक सञ्चार क्षेत्रको भुमिकाको वारेमा अधिकांश वक्ताहरुले खर्चिनु भएको समयलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरी वल्लभ नेपालले नङ मासु भएर गितसंगीतका विकृति विसंगतिलाई निराकरण गर्नुपर्नेमा सहमति जुटाउने प्रयासमा लागिरहने कुरामा जोडदिनु भयो ।

३१ वटा विधामा विभिन्न लोक कलाको क्षेत्रमा सफलता हासील गर्ने कलाकारलाई अवार्ड प्रदान गरीने घोषणा गरीएको प्रष्ट पारीएको थियो । प्रतिष्ठानका केन्द्रिय पदाधिकारीहरुले चुनेका निर्णयक मण्डल रहने साथै एस एम एस भोटिङका आधारमा प्रतिस्पर्धीहरुमध्यबाट उत्कृष्ट चयन गरिनेछ ।

– हरिवल्लभ नेपाल

 

  • 85Read This News:
  • 417304Total reads:
  • 230061Total visitors: