जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

जापान, २७ असार २०७४। जापानको दक्षिणपश्चिमी क्षेत्रमा गत हप्ता आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या सोमबार सम्म २१ पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा अहिले पनि स्थानीयबासिन्दाले कष्टपूर्ण जीवन विताइरहेको अधिकारीहरुले जनाएका छन् ।

झण्डै २ हजार सुरक्षबलको साथमा फुकुओका र ओइटामा सोमबार सम्मपनि खोजी तथा उद्धारकर्ताहरुले आपतकालिन उद्धारकार्य जारी राखिरहेका छन् ।

स्थानीय अधिकारीहरुले भनेका छन्,“अत्याधिक बाढी र पहिरोका कारण झण्डै १८० जना सम्पर्कविहीन छन भने १७ सय जना आपतकालिन शिविरमा बसेका छन् ।”

फुकुओका प्रान्तको नगरपालिकाका अधिकारीहरुले आफ्नो प्रदेशबाट मात्र २० जना भन्दा बढी अहिले सम्म पनि हराइरहेको सोमबार बताउनुभयो ।

जलवायु सम्वन्धि निकायले फेरी पनि यस्तै प्रकारको बर्षा हुन सक्ने चेतावनी दिदै पूर्ण सतर्कता अप्नाउन सुझाव दिएको छ ।

आइतबारको दिन प्रहरीले अरिअक समुद्रमा ५ जनाको शव फेला पारेको थियो । स्थानीय प्रहरीले सोमबार विहान फेरी अरु शवहरु बाढीबाट सवै भन्दा बढी प्रभावित फुकुओका प्रदेशको असाकुरामा भेटिएको बताएका छन् ।

५ ओटा प्रदेशका ४१ ओटा ठाँउ पहिरो गएको छ भने अरु ३८ ओटा ठाँउमा बाढी गएको भूमी र यातायात मन्त्रालयले सोमबार विहान जनाइएको छ ।

मुख्य सचिव योशिहिड सुगाले सोमबारको पत्रकार सम्मेलनमा स्थानीय विभिन्न सरोकारवालाहरुसँग सहकार्य गरेर उद्धार तथा राहतको काम गर्ने बताउनु भयो ।

 

  • 50Read This News:
  • 480573Total reads:
  • 288037Total visitors: