सुत्केरीलाई पाँच हजार दिने निर्णय

दाङ, २६ असार २०७४ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई रु ५ हजार दिने निर्णय गरेको छ ।

नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउने छन् ।

सो बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत एम्बुलेन्स सेवामा छुट दिने, अपाङ्गलाई नगर प्रमुख र उपप्रमुखको कोठामा पहुँच पुर्याउन अपाङ्गमैत्री बनाउने, कामकाजलाई चुस्तदुरुस्त बनाउन नगरपालिकाको प्रत्येक वडामा सिसी क्यामेरा जडान गर्ने, कार्यालयमा इलोक्ट्रोनिक्स हस्ताक्षरको व्यवस्था गर्ने, १५ दिनभित्र सर्वदलीय सर्वपक्षीय निर्णयका आधारमा प्रत्येक वडामा वडा कार्यालय स्थापना गर्नेलगायत निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

 

  • 38Read This News:
  • 480560Total reads:
  • 288027Total visitors: