दक्षिण चीनमा वाढीका कारण १६ को मृत्यु, १० जना वेपत्ता

चीन, २० असार २०७४ । चीनको दक्षिणी क्षेत्रमा रहेको गुआङ्सी झुआङ स्वायत्त प्रदेशमा विशाल बर्षापछि आएको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका स्थानीय अधिकारीले जनाएका छन् ।

व्यापक वर्षापछि गत शनिबार यता गुआङ्सी प्रदेशका कम उचाइमा रहेका वस्ती तथा शहरहरू जलमग्न भएका थिए । जसका कारण सोमबारसम्म ९१ हजार ६०० वासिन्दालाई सुरक्षित स्थलमा सारिएको क्षेत्रीय नागरिक मामिला विभागले जनाएको छ ।

बर्षाले ४२ करोड ८० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइएको छ । बर्षाका कारण ६०० परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने ६ हजार ५ सय घरमा आंशिक क्षति पुर्याएको विभागले जनाएको छ ।
आइतबार चिनियाँ बाढी व्यवस्थापन अधिकारीले यहाँका ६० भन्दा बढी नदीमा पानीको तह खतराका अवस्थामा पुगेको बताएका थिए ।

CHINA-HUNAN-CHANGSHA-FLOOD 1 CHINA-GUANGXI-RONGSHUI-FLOOD CHINA-GUANGXI-RONGSHUI-FLOOD 2 CHINA-GUANGXI-RONGSHUI-FLOOD 1

 

  • 30Read This News:
  • 438623Total reads:
  • 250615Total visitors: