काठमाण्डौ, १५ असार २०७४ । राष्ट्रिय खेलकुद परिषद्ले यहि असार महिनामा ३ वटा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने भएको छ ।
पहिलो असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिने परिषद्ले जनाएको छ ।
राष्ट्रपति रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी जम्मा ८ वटा खेल समावेश गरिएको छ ।
राष्ट्रपति रनिङ सिल्डपछि तेश्रो उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डी बियो प्रतियोगिता असार २६ र २७ गते आयोजना हुनेछ ।
त्रिपुरेश्वरस्थित परिषदको हातामा हुने प्रतियोगितामा ११ वटा छात्रहरु टोलीले भाग लिनेछन् ।
यसैगरि तीन खेलमध्य दोश्रो प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता असार २९ देखि ३१ गतेसम्म संचालन हुनेछ ।
विभिन्न ९ वटा विश्वविद्यालयको टोलीहरु सहभागी हुने यस प्रतियोगितामा भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गरिएको पनि परिषदले जनाएको छ ।


