भारतद्वारा सिक्किमक्षेत्रमा चीनको भुभाग अतिक्रमण नाथुला प्रवेशमार्ग वन्द

चीन, १४ असार २०७४ । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ ।

चीनले भारतीय सेनाले सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रुपमा अतिक्रमण गरेको दावी गर्दै भारतसँग सिमानामा देखिएको समस्या विषयमा नयाँ दिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाएको छ ।

“हामीले बेइजिङ र नयाँ दिल्लीमा औपचारिक रुपमा गम्भीर आपत्ति जनाएका छौँ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ¬ले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो भौगालिक सार्वभौमसत्तालाई जोगाउने अभियान अविचलित रुपमा अघि बढ्नेछ । हामी विश्वास गर्छौं भारतीय पक्ष यस विषयमा सोहीअनुरुप अघि बढ्नेछ र तुरुन्तै चिनियाँ भूभागबाट सेनालाई फिर्ता लग्नेछ ।”

चीनले सोमबार राति नै सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखी नाथुला प्रवेशमार्ग हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई समेत भ्रमणमा प्रतिबन्ध लगाएको जनाएको थियो ।

यसैबीच चिनियाँ विदेश मन्त्रालयका गेङ सुवाङले मङ्गलबार एक विज्ञप्ति जारी गरीे भारतीय सुरक्षा गार्डलाई तुरुन्त फिर्ता गरी के कति कारणले सीमा अतिक्रमण गरिएको हो अनुसन्धान सुरु गर्न आग्रह गरेको बताउनुभएको छ ।

 

  • 95Read This News:
  • 438622Total reads:
  • 250614Total visitors: