उत्तरपश्चिमी पाकिस्तानमा १८ को मृत्यु, सय बढी घाइते

पाकिस्तान, १० असार २०७४ । पाकिस्तानकोे राजधानी इश्लामावादबाट उत्तरपश्चिममा अवस्थित पाराचीनारमा भएका दुई विस्पोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य एक सय जना भन्दा बढी घाइते भएका छन् ।

लगातार भएको दुई विस्फोटनका घटना शुक्रबार दिउसोको समयमा भएको स्थानीय उर्दु टेलिभिजन च्यानल जिओले जनाएको छ ।

स्थानीय समय अनुसार दिउसो ५।३० बजे इद पर्वका लागि सरसामानहरु किन्न व्यस्त भईरहेका बेला भीडमा विस्फोटन गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अर्को विस्फोटन केही मिनेटको अन्तरमा पहिलो विस्फोटनबाट प्रभावितहरुलाई उद्धार गरेर राखिएको ठाँउमा भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

दोस्रो विस्फोटन आत्मघाती विस्फोटन भएको जस्तो देखिएपनि आधिकारीक पुष्टी भने भइसकेको छैन ।

दुवै विस्फोटनमा परी घाइते भएकाहरुलाई सुरक्षाकर्मीहरुले तत्काल उद्धार गरेको संबाददाताहरुले बताएका छन् ।

 

  • 80Read This News:
  • 459204Total reads:
  • 268734Total visitors: