इराकमा भएको आत्मघाती आक्रमणमा नौको मृत्यु

इराक, १० असार २०७४। पश्चिमी इराकमा शुक्रबार भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा कम्तीमा आठ सर्वासधारण र एक सैनिकको मृत्यु भएको हो ।

यस आत्मघाती बम आक्रमणमा अन्य ११ व्यक्ति घाइते भएका छन् । पश्चिमी अन्बार प्रान्तको अल बागदादको छिमेकमा पर्ने सहरमा आक्रमण गर्ने चार आत्मघाती आक्रमणकारी मध्येका एक जनाले सो आक्रमण गरेको बताइएको छ ।

सैनिक कारबाहीको क्रममा तीन आत्मघाती आक्रमणकारी भने मारिएका र एक भाग्न सफल भएका थिए ।

चौथो आत्मघाती आक्रमणकारीले सर्वसधारण नागरिक र सैनिक समूहमा बसेका व्यक्तिलाई लक्ष्यगरी सो आत्मघाती आक्रमण गरेको बताइएको छ ।

बग्दाददका एक प्रहरी अधिकृत र एक स्थानीय जिल्ला अधिकारीले आठ सर्वसाधारण र एक सैनिक मारिनुको साथै ११ सर्वसाधारण घाइते भएका पुष्टि गरेका छन् ।

सरकार समर्थक बलले अन्बार प्रान्तका केही सहर पुनः कब्जामा लिएको भएता पनि सिरियाको सीमामा पर्ने क्षेत्रहरुमा जिहादीहरुको नियन्त्रण अझै केही स्थानमा कायम नै रहेको छ ।

 

  • 86Read This News:
  • 481331Total reads:
  • 288717Total visitors: