कतार नसच्चिए बर्षौ एक्लिनुपर्छ युईको उद्घोष

फ्राँन्स, ६ असार २०७४। कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडी मुलुकसँगको कुटनैतिक सम्वन्ध लामो समयसम्म कायम रहने युनाइटेड अरब इमिरेट्स (युएई)ले सोमबार जनाएको छ ।

खाडी मुलुक कतारले आतङ्कबादी गतिविधि सञ्चालन गर्दै आएको इश्लामिक अतिबादी जिहादी समूहलाई सहयोग पुर्याएको आरोप लगाउँदै युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा सञ्चारकर्मीसँग भन्नुभयो, “हामी कतार विरुद्धको कुटनैतिक सम्वन्ध विच्छेदलाई लम्बाउने मात्र होइन सो मुलुकलाई एक्लाउन चाहन्छौ ।”

उहाँले कतारले अतिवादी इश्लामिक समूहको साथ छोड्नुपर्ने बताउनु भयो । वर्तमान् समस्याको समाधान कतारको हातमा रहेको र यदि दोहाले अन्य खाडीमुलुकसँगको सम्वन्धमा सुधार ल्याउन चाहन्छ भने उसको जिहादी समूहसँगको शङ्कास्पद गतिविधिलाई सचाएर आउनुपर्छ , उहाँले थप्नुभयो ।

 

  • 80Read This News:
  • 417378Total reads:
  • 230134Total visitors: