भुकम्प पीडित ४० किसान परिवारलाई ट्रयाक्टर वितरण

धादिङ, ६ असार २०७४। भूकम्पप्रभावित ४० अगुवा किसानलाई सोमवार ट्रयाक्टर वितरण गरिएको छ ।

सरकारको ९० प्रतिशत अनुदानमा कृषक समूह र सहकारीमा आबद्ध किसानलाई जिल्ला कृषि विकास कार्यालयले प्रोत्साहनस्वरुप ट्रयाक्टर वितरण गरेको हो । लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका किसानले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रमअन्तर्गत उक्त ट्रयाक्टर पाएका हुन ।

कृषिलाई व्यावसायिक र नाफामुखी बनाउने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको कार्यालयका प्रमुख केशव देवकोटाले बताउनुभयो ।

 

  • 82Read This News:
  • 417373Total reads:
  • 230129Total visitors: