प्याराग्लाइडिङ सिक्ने क्रममा जेलिएर युवकको मृत्यु

कास्की, ६ असार २०७४। प्याराग्लाइडिङ दुर्घटनामा परी सोमवार दिउँसो एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीको सराङकोटबाट उडान गरेर फेवातालको किनारमा आउँदै गर्दा प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए । उनी प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुँदा यो दुर्घटना भएको हो । उनले सोलो पाइलटका रुपमा उडान गरेका थिए ।

तत्काल उद्धार गरी उपचारार्थ मेट्रोसिटी अस्पतालतर्पm ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

  • 105Read This News:
  • 417407Total reads:
  • 230163Total visitors: