मन्त्री भन्छिन्ः सेक्सका लागि सानो ठाउँ भए पुग्छ

sex‘सम्पत्तिलाई प्राथमिकता दिनु हुँदैन, किनकी सेक्स गर्नका लागि तपाइँलाई निकै सानो ठाउँ भए पुग्छ ।’यो भनाइ कुनै उरण्ठेउलो तन्नेरीले बन्द कोठाभित्रबाट निकालेको आवाज होइन । सिंगापुरकी एक वरिष्ठ मन्त्रीको भनाइ हो ।

जनसंख्या मामिला मन्त्री जोसेफिन तियोले विवाह तथा बच्चाको विषयमा सरकारी मिडियालार्य दिएको अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

सिंगापुरका नयाँ पुस्ताका युवायुवतीहरुले आफ्नो घर नभएकै कारण बच्चा जन्माउन मन नगरेका पो हुन् की ? भन्ने प्रश्नमा तियोले सेक्सका लागि सानै ठाउँ भए पुग्ने र घर नै नचाहिने बताएकी हुन् ।
अन्तरवार्ताका क्रममा तर्क विकर्त यहाँसम्म पुग्यो की युवाहरु इदि आफ्ना बाबुआमासँगै बसेमा उनका लागि बच्चा जन्माउन मुस्किल पर्ने बताइयो ।

स्मरण रहोस् विश्वका अन्य धनी मुलुकहरुमा जस्तै सिंगापुरमा पनि वृद्धहरुको जनसंख्या बढ्दै गएको छ र शिशु जन्मदर निकै न्यून छ ।

त्यसैले सरकारले त्यहाँका युवायुवतीहरुलाई विवाह र सन्तानलाभका लागि प्रोत्साहित गरिरहेको छ ।
सिंगापुर देशसँग जमिनको कमी छ र हाउजिंग नीतिमा सरकारको कडा नियन्त्रण रहेको छ ।

सिंगापुरमा सन् २०१३ मा सरकारले एक नयाँ योजना सुरु गरेको थियो जसमा नयाँ घर खरिद गर्नका लागि त्यस्ता विवाहित जोडीहरुलाई प्राथमिकता दिने कुरा गरिएको थियो जसले बच्चा जन्माइसकेका छन् वा जन्माउने योजनामा छन् ।

बीबीसीको सहयोगमा www.onlinkhar.com

 

  • 106Read This News:
  • 479794Total reads:
  • 287354Total visitors: