सगरमाथा चढ्ने पहिलो महिला आरोही जापानी नागरिक जुनको तावेईको अर्वुद रोकका कारण ७७ वर्षको उमेरमा निधन

Japan Obit Junko Tabei

जापान, ७ कात्तिक २०७३ । विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्ने पहिलो महिला जापानकी जुनको तावेईको मृत्यु भएको जापानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो ।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै जापानको सरकारी समाचार संस्था क्योडो र सरकारी टेलिभिजन एनएचकेले तावेईको जापानी सहर साइतामास्थित एक अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको जनाएका छन् ।

तावेईलाई ‘पेरिटोनियल क्यान्सर’बाट ग्रसित भई विगत केही समयपछि बिरामी भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

उहाँले विश्वका महिलाको प्रतिनिधित्व गर्दै सबैभन्दा पहिले दक्षिणपूर्वी बाटोबाट सन् १९७५ मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

तावेईले विश्वको सर्वोच्च शिखर सगरमाथा, तान्जिनियाको किलिमान्जारो, अमेरिकाको माउन्ट म्याककिन्ली, अन्टार्टिकाको भिन्सन म्यासिफलगायत विश्वका दर्जनौँ उच्च शिखरको सफल आरोहण गर्नुभएको थियो ।

संसारको सर्वोच्च शिखरमाथि नेपाली शेर्पा पथप्रदर्शकको सहयोगमा नेपाली भूभागबाट विजय प्राप्त गरेपछि जापानी तथा अन्य देशका हिमालहरुको साहसिक तथा सफल आरोहणलाई निरन्तरता दिनुभएको थियो ।

तावेईले सन् २००३ मा एएफपीसँगको अन्तर्वार्तामा “मैले सगमाथामाथि विजय प्राप्त गरिसकेकाले अब स्वास्थ्य, समय र सम्पत्तिले साथ दिएमा आरोहण गर्नेछु”, भनी प्रतिक्रिया दिनुभएको थियो ।

जापानी टेलिभिजन एनएचकेले बताएअनुसार तावेईले आफ्नो आरोहणको अन्तिम चुनौती जापानी विद्यार्थीसँग जुलाईमा माउन्ट फुजीको आरोहणका क्रममा सामना गर्नुभएको थियो ।

 

  • 55Read This News:
  • 458559Total reads:
  • 268130Total visitors: