बेलायत ‘हार्ड ब्रेक्जिट’ को पक्षमा भए ईयू सोहीअनुरुप अघि बढ्ने : अलान्द

बेल्जियम, ५ कात्तिक २०७३ । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बेलायती प्रधानमन्त्री टेरेसा मे ‘हार्ड ब्रेक्जिट’ को पक्षमा देखिएको बताउनुभएको छ ।

बिहीबार युरोपियन युनियन (ईयू) नेताहरुको सम्मेलनका लागि बेल्जियम पुग्नुभएका राष्ट्रपति अलान्दले ईयू बेलायतलाई ईयूबाट बाहिरिने प्रक्रियामा बेलायतको इच्छाबमोजिम हार्ड ब्रेक्जिटका लागि पनि छलफल गर्न तयार रहेको बताउनुभएको हो ।

“म यो कुरा प्रष्ट गर्न चाहन्छु कि बेलायती प्रधानमन्त्री मे हार्ड ब्रेक्जिटको पक्षमा हुनुहुन्छ भने ईयूले पनि सोहीअनुसार छलफल अगाडि बढाउने छ” अलान्दले भन्नुभयो ।

 

  • 47Read This News:
  • 458559Total reads:
  • 268130Total visitors: