दक्षिण अफ्रिकाद्वारा करिब तेइस हजार हतियार नष्ट

दक्षिण अफ्रिका, ५ कात्तिक २०७३ । दक्षिण अफ्रिकामा अपराधमूलक घटना नियन्त्रण प्रयासस्वरुप प्रहरीले २३ हजार ९९९ हतियार नियन्त्रणमा लिई नष्ट गरेको छ ।

प्रहरीले मुलुकको विभिन्न भागबाट नियन्त्रणमा लिएका हतियार दुरुपयोग नहोउन् भन्ने उद्देश्यका साथ हतियारलाई आगोमा गलाएर नष्ट गरेको यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीले देशमा विभिन्न भागबाट बन्दुक, पेस्तोल र राइफललाई जम्मा गरी जलाएको जनाएको थियो । यसैक्रममा सुरक्षाकर्मीद्वारा प्रयोग गर्दे आएका तर साह्रै पुराना तथा काम नलाग्ने करिब तीन हजार १०० हतियारलाई पनि सो क्रममा नष्ट गरिएको थियो ।

दक्षिण अफ्रिकामा नागरिकलाई बन्दुक मुक्त बनाउने अभियानस्वरुप चालिएको अभियानमा नागरिकस्तरबाट पनि व्यापक सहयोग भएको प्रहरीले जनाएको छ ।

 

  • 56Read This News:
  • 480227Total reads:
  • 287709Total visitors: