बदरमतको सङ्ख्या घटाउन डडेल्धुरामा नमुना मतदान

कञ्चनपुर, २७ जेठ २०७४ । मतदाताको मत बदर नहोस् र सहजरूपमा मतदान गर्न सकुन भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले गाउँगाउँमा नमुना मतदान कार्य जारी राखेको छ ।

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिएसँगै कसरी मतदान गर्ने भन्ने मतदातामा देखिएको अन्यौलता हटाउन गाउँवस्तीमा नमुना मतदान गरिँदै आएको जिल्ला निर्वाचन अधिकृत कृष्ण नायकले जानकारी दिनुभयो ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाउने गरिएको छ । स्वस्तिक छाप लगाएपछि मत बदर नहुने गरी पट्याउने विधि सिकाइन्छ ।

नमुना मतदान कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र जिल्ला निर्वाचन कार्यालयको सहकार्यमा आज अमरगढी नगरपालिका– १० राईमा नमुना मतदान गर्दा एकाउन्न जना सहभागी रहेकामा ४० प्रतिशत मत बदर भएकोे पाइएको छ । यसअघि रुपाल, अजयमेरु, नवदुर्गा, आलिताल र गन्यापधुरा गाउँपालिकाका विभिन्न गाउँमा मतदाता शिक्षासहित नमुना मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

  • 110Read This News:
  • 459698Total reads:
  • 269201Total visitors: