विद्युत् चोरी गर्ने १२ जना पक्राउ

File photo

सप्तरी, १९ वैशाख २०७४ । विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङकुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिलाई विद्युत् चोरी ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो ।

 

  • 34Read This News:
  • 480520Total reads:
  • 287989Total visitors: