पाँडे र राजका चार पुस्तक एकसाथ विमोचित

पाँडे र राजका चार पुस्तक एकसाथ विमोचितकाठमाडौँ, १९ वैशाख २०७४। साहित्यकार रामकुमार पाँडे र लेखक प्रकाश ए राजद्वारा लेखिएका ४ पुस्तक सोमवार ललितपुरमा एकसाथ विमोचन गरिएको छ ।

कार्यक्रममा प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले सो कृति विमोचन गर्नुभएको हो । उक्त कृतिहरुमा पाँडेको ‘अग्नेस्ट रिभुलेसन (क्रान्तिविरुद्ध)’ र ‘चिल्ड्रेन लिट्रेचर इन नेपाल (नेपालमा बालसाहित्य)’ छन् ।

पहिलो पुस्तकमा देशको सामाजिक–राजनीतिक अवस्थाप्रति व्यङ्ग्य गरिएका १६ कथा समाविष्ट छन् भने दोस्रो कृतिमा बालसाहित्यसम्बन्धी विभिन्न सूचना छन् ।

यसैगरी लेखक राजको ‘मैले चिनेजानेका विदेशीहरु’ शीर्षक पुस्तकमा विभिन्न देशमा भ्रमण गर्दा र कार्यक्रममा सहभागिता जनाउँदाका क्रममा भेट भएका विद्वान् तथा नोबेल पुरस्कारको परिचयात्मक प्रस्तुति छ भने अर्को पुस्तक ‘मुनामा इतिहास’ शीर्षक कृतिमा ‘मुना’बालपत्रिकामा प्रकाशित जीवनी तथा लेखहरुको सङ्कलन छन् ।

 

  • 40Read This News:
  • 448430Total reads:
  • 259912Total visitors: