काठमाडौँ, ७ वैशाख २०७४ । मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।
संसद्को बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले सम्बोधन गर्न नचाहेको र अधिकार दिन नचाहेको भन्दै गुनासो गरे ।
संविधान निर्माणको क्रमदेखि नै आफूहरुले उठाउँदै आएका मागमाथि पटक पटक धोका भएको र सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव अपूर्ण रहेको उनले बताए ।
सो धारणालगत्तै मधेस केन्द्रित दलका सांसदहरुले बैठक बहिष्कार गरेका थियो ।
व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएको थियो ।
शिवचन्द्र चौधरी, सकलदेव सुतियारले सरकारबाट यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउन आग्रह सबैसँग गरेकोछ ।


