फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प

फिलिपिन्स, २६ चैत २०७३ । फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस)ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।

भूकम्पको धक्का राजधानी मनिला सहित वाताङ्गस मिन्डोरो र कालापानका अधिकाँश इलाकामा महसुस गरिएको थियो ।

 

  • 29Read This News:
  • 449155Total reads:
  • 260579Total visitors: