काठमाडौँ, १४ चैत २०७३ । सांसद रामेश्वर फुयाँलले महिला र पुरुषबीच समानता कायम गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएको छ ।
महिलाको आर्थिक क्षमता विस्तार गर्नका लागि आफूले एक महिनादेखि सञ्चालन गरेको ड्राइभिङ तालिमको समापन कार्यक्रममा सांसद फुयाँलले महिलालाई आत्मनिर्भर र क्षमतावान् बनाउनुपर्नेमा जोड दिएकोछ । सांसद पेम्बा लामाले महिलाहरु आर्थिक सामाजिक सबै क्षेत्रमा अगाडि आउनुपर्ने बताए ।
नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य फुयालले चालु आवमा ड्राइभिङ तालिमका लागि रु २ लाख विनियोजन गरेको थियो । तालिममा २५ महिला सहभागी थिए ।


