काठमाण्डौ, १२ चैत २०७३ । सशस्त्र प्रहरीको एपिएफ क्लब राजश्री जनक फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सर्लाहीको बागमतीमा शनिबार भएको खेलमा ए पि यफ क्लबले जावलाखेल युथ क्लबलाई २/० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको छ ।
एपिएफका लागि नविन लामा र राजेन्द्र रावलले १/१ गोल गरेका थिए ।
यस खेलको म्यान अफ दि म्याच घोषित भएका एपिएफ क्लबका नविन लामाले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेकोछ ।
प्रतियोगिता अन्तर्गत आईतबार पहिलो सेमिफाईनल खेल मनाङ्ग मस्र्याङदी क्लब र हिमालयन सेर्पा क्लबबिच हुनेछ ।
– परेश सापकोटा


