गुणस्तरीय दूध उत्पादनका लागि सुधारको काम सुरु

काभ्रे, १२ चैत २०७३। दूधमा आत्मनिर्भर घोषणा भएको काभ्रेपलाञ्चोकमा गुणस्तरीय दूध उत्पादनका लागि सुधारका काम सुरु गरिएका छन् ।

जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले गुणस्तरीय दूध उत्पादनका लागि कृषकलाई दूध ढुवानी गर्न अनुदानमा स्टिल ड्रम वितरणका साथै डेरी सुधार कार्यक्रम र पशु आहार मिसन कार्यक्रम सुरु भएको जनाएको छ ।

बेलुकाको दूध सङ्कलन वा दूध ढुवानीका कृषकसँग हातेमालो गर्न तयार रहेको पशुसेवा कार्यालय प्रमुख डा नारायण श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार दूध सङ्कलन प्रक्रिया परम्परागत किसिमको छ । गुणस्तरीय दूध उत्पादनका लागि जिल्लामा पशुसेवा कार्यालय, काभ्रेपलाञ्चोकले नश्ल सुधार कार्यक्रम, बकेर्ना भैँसीपालन, पाडापालन कार्यक्रम, युवा लक्ष्यित कार्यक्रमलगायत विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक माधवप्रसाद ढुङ्गेलले कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशत योगदान दूध उत्पादन व्यवसायवाट भएको वताए।

दुग्ध उत्पादन सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले जिल्लामा भएका ‘मिल्क एनालाइजर’ सञ्चालनमा ल्याउनुपर्ने माग राखेकोछ ।

दुग्ध उत्पादन सहकारी सङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष नारायण बडालले कुनै निश्चित पकेट क्षेत्रका रुपमा दूध उत्पादन मिसन चलाउनुपर्नेमा जोड दिएकोछ ।

दुग्ध उत्पादन क्षेत्रका अगुवा कृषक दीपक पौडेलले गुणस्तरीय दूध उत्पादनका लागि ढुवानीमा स्टिल र आल्मुनियमको भाडा प्रयोगमा ल्याउनुपर्नेका जोडदिए ।

काभ्रेपलाञ्चोकमा दैनिक ३ लाख लिटर दूध उत्पादन हुने गर्छ भने करिब २ लाख ७५ हजार लिटर दूध काठमाडौँ निर्यात हुन्छ ।

 

  • 33Read This News:
  • 418744Total reads:
  • 231476Total visitors: