सीमाङ्कनको विवाद समाधान गर्नकालागि शक्तिशाली आयोग बनाउनुपर्छः अध्यक्ष यादव

काठमाडौँ, १२ चैत २०७३ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानअनुसार पहिले संसद्को निर्वाचन हुनुपर्ने र त्यसपछि क्रमशः प्रदेश तथा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएकोछ ।

रिपोर्टर्स क्लबले आज काठमाण्डौमा आयोजना गरेको साक्षात्कारमा यादवले सरकारले सबै दलको समन्वय र सहमतिमा पहिला केन्द्रीय चुनाव गरेपछि अन्य निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको वताए।

अध्यक्ष यादवले संविधानले मधेसी, जनजाति, थारु, सङ्घीयता पक्षधर र सीमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुनःलेखन नगरिएसम्म मुलुकमा स्थायित्व तथा शान्ति कायम हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

संविधान संशोधन नगरी समस्याको समाधान हुन सक्दैन्, उहाँले भन्नुभयो — “संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमाङ्कनको विवाद समाधान गर्नका लागि आयोग गठन गर्ने हो भने पनि त्यसलाई शक्तिशाली बनाउनुपर्छ ।”

अध्यक्ष यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा समस्या नै आउँदैन थियो भन्दै “हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भीरता देखाएन, फलस्वरु समस्या बल्झिदै गएको बताए ।”

 

  • 38Read This News:
  • 449341Total reads:
  • 260761Total visitors: