चीनको २ ओटा सुनको खानीमा भएको दुर्घटनामा परी १० को मृत्यु

चीन, १२ चैत २०७३। चीनको २ ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ ।

हेनन प्रान्तमा सँगसगै रहेका २ ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार विहान १०ः३६ बजे १२ जना मजदुर र ६ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन् ।

पुरिएको ठाउबाट उद्धारकर्ताले शुक्रबार राती अबेर ७ जनाको शव निकालेका छन् । पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का १ जना बेपत्ता भएको छ ।

त्यस्तैखालको अर्को दुर्घटनामा २ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ३ः०० बजेसंगैको सुनखानीमा ६ जना मजदुर पुरिएका थिए । उनीहरुमध्ये ४ जनालाई बेलुका ५ः३० बजे उद्धार गरिएको थियो भने अरु २ जना अबेर राति मृत अवस्थामा भेटिएका थिए ।

स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

 

  • 46Read This News:
  • 418887Total reads:
  • 231618Total visitors: