सिरियाको कारागारमा हवाई हमलामा १६ जनाको मृत्यु

सिरिया, १२ चैत २०७३ । सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने इडलिबमा रहेको एउटा कारागारमा भएको हवाई हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

विद्रोहीले नियन्त्रणमा लिएको सो कारागारमा रातभरी हमला भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शनिबार जनाएको छ । मृत्यु हुनेमा जेलर, जेलका सुरक्षा गार्ड पनि रहेका छन् ।

राष्ट्रपति बसर अल असदको सरकारलाई सहयोगका लागि रसियाले पठाएको यद्धक विमानले आक्रमण गरेको विश्वास गरिएको छ ।

इडलिब शहरमा यसअघि पनि यस्तै प्रकारका आक्रमणहरु हुँदा अरु धेरै जनाको मृत्यु भएको छ ।

सिरियामा ६ वर्ष अगाडिदेखि सुरु भएको सरकार विरोधी हिंसात्मक द्वन्द्वका कारण अहिलेसम्म झन्डै ३ लाख २० हजार जना मारिएका छन् ।

 

  • 45Read This News:
  • 418908Total reads:
  • 231638Total visitors: