सवैभन्दा सुखी देश नर्वे र सवैभन्दा दुःखी देश सेन्ट्रल अफ्रिकन रिपब्लिक

अमेरिका, ७ चैत २०७३ । सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प्रतिवेदनः “वल्र्ड ह्याप्पिनेस रिपोर्ट” प्रकाशन गरी विश्वका १ सय ५५ राष्ट्रलाई सामान्यतया २ भागमा वर्गिकरण गरी सुखी तथा दुःखी राष्ट्रहरुको एक सूची नै निकालेका छन् ।

“सुखका लागि अनुसन्धान” नामक यस अनुसन्धान परियोजनामा औसत बैयक्तिक आय, स्वस्थ रही बाँचिने प्रतिब्यक्ति औसत आयु , एक आपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, बैयक्तिक दया तथा क्षमाशीलता जस्ता मूल्य र मान्यतालाई निरुपण गरी यसैमा आधारित भई मापदण्ड निर्धारण गरिएको थियो ।

यी सबै मूलतत्वहरुलाई समग्रमा मूल्याङ्कन गर्न एक देखि दश अङ्कसम्म प्रदान गरी सुखी तथा दुखी राष्ट्रको पहिचान वा आंकलन गरिएको थियो ।

प्रकाशित सूचीअनुसार यस धर्तीमा अत्यन्त सुखी मानिने राष्ट्रको बरियता क्रममा नर्वेले ७.६० अङ्क प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको छ । यस अघिसम्म नर्वे चौथो स्थानमा थियो ।

त्यस्तै, अत्यन्त दुःखी मानिने राष्ट्रको बरियता क्रममा २.६९ अङ्क प्राप्त गरी केन्द्रीय अफ्रिकी गणतन्त्र (सेन्ट्रल अफ्रिकन रिपब्लिक) प्रथम स्थानमा परेको छ ।

यसैगरी सुखी मानिने राष्ट्रको बरियता क्रममा ७.५२ अङ्क प्राप्त गरी डेनमार्क दोस्रो, ७.५० अङ्क प्राप्त गरी आइस्ल्यान्ड तेस्रो, ७.४९ प्राप्तगरी स्विट्जरल्यान्ड चौथो, ७.४७ प्राप्तगरी फिनल्यान्ड – पाँचौँ, ७.३८ प्राप्तगरी नेदरल्याण्ड्स छैठौँँ, ७.३२ प्राप्तगरी क्यानाडा सातौँ, ७.३१ प्राप्तगरी न्युजिल्यान्ड आठौँ, ७.२८ अंक प्राप्तगरी अस्ट्रिया नवौँ र स्विडेन – ७।.२७ अंक प्राप्तगरी दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै, दुखी राष्ट्रहरुको वरिष्ठता क्रममा २.९१ अङ्क प्राप्त गरी बुरुन्डि दोेस्रो ३.३५ अङ्क प्राप्त गरी तान्जानिया तेस्रो, सिरिया – ३.४६ (चौथो), रुवान्डा ३.४९ (९पाँचौँ), टोगो ३.५० (छैठौँँ), गिनी – ३.५१ (सातौँ), लाइबेरिया ३.५३ (आठौँ), दक्षिणी सुडान ३.५९ (नवौँ) र येमन ३.६० (दशौँ) स्थानमा रहेकोछ ।

 

  • 40Read This News:
  • 452856Total reads:
  • 264094Total visitors: