इथियोपियामा फोहोर मैला थुपारेको ठाउँमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु

photo source: The New York Times

इथियोपिया, ३० फागुन २०७३ । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा आइतबार कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी दर्जनौँ मानिस बेपत्ता भइरहेका छन् भने उनीहरूको खोजी कार्य जारी छ ।

शनिबार राति गएको पहिरोले करिब ३० घरलाई पुरेको र २८ जना घाइते भएका छन भनेपहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् ।

‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा गएको पहिरोमा परी दर्जनौँ पुरिएका बताइए पनि क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

 

  • 24Read This News:
  • 459730Total reads:
  • 269231Total visitors: