मकालुको एक इन्जिन भएको जहाज जुफाल विमानस्थलमै थन्कियो

डोल्पा, ३० फागुन २०७३ । मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ ।

नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न भएर इन्जिन चालु नभएपछि विमानस्थलमै रोकिएको मकालु एयरलाइन्सका डोल्पा स्टेसन प्रमुख प्रताप शाहीले बताउनुभयो ।

नयाँ ब्याट्री अमेरिकाबाट मगाइसकिएकाले हिमपातले अवरुद्ध विमानस्थल पुनःसञ्चालन हुनेबित्तिकै नेपालगन्जबाट नयाँ ब्याट्रीसहितको टोली आएर मर्मतगरेपछि जहाजलाई उडान गर्न सकिने स्टेसन प्रमुख शाहीको भनाइ छ ।

जहाज एक सातासम्म विमानस्थलमै थन्किएपछि लाखौँ नोक्सान भएको एयरलायन्सले जनाएको छ ।

 

  • 30Read This News:
  • 459716Total reads:
  • 269217Total visitors: