आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउछः प्र.नि.आ. यादव

नवलपरासी, १६ फागुन २०७३। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपाल जेसिजले सोमवार नवलपरासीमा आयोजना गरेको लोम÷लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।

परिवर्तनको आधारशिला युवा नै भएकाले युवाले मतदानलाई आफ्नो अधिकारका रुपमा ग्रहण गर्नुपर्ने प्रमुख आयुक्त यादवको भनाइ थियो ।

मतदान च्वाइस होइन, ड्युटीका रुपमा वुझनुपर्ने, यसले नै विधिको शासनलाई सहयोग पुग्ने, दलको अगुवा युवा नै भएकोले द्वैध चरित्र देखाउन छोड्नुपर्ने वताउनु भयो ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि राजनीतिक दलका भ्रातृ संस्था आवद्ध युवालाई जानकारी गराउने काम भइरहेको पनि उहाँले बताउनुभयो ।

निर्वाचन घोषणा पत्रका आधारमा हुन छाडी पैसाका आधारमा हुने प्रवृत्ति हावी भएकाले यसको अन्त्यका लागि युवाले सक्रियता देखाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा देशभरका जेसिज आवद्ध करिब ५ सयजना पदाधिकारीको सहभागिता रहेको छ ।

 

  • 51Read This News:
  • 449591Total reads:
  • 260992Total visitors: