ट्राफिक कार्यालय कास्कीले सात महिनामा दुई करोड राजस्व सङ्कलन

कास्की, १३ फागुन २०७३ । जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको ७ महिनामा रु २ करोड ११ लाख ६ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनदेखि माघ मसान्तसम्म ३० हजार ९९९ सवारी चालक कारबाहीमा परेको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो । सोही अवधिमा कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार १८ जना चालकलाई कारबाही गरी रु १० लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।

कारबाहीमा पर्नेमा मोटरसाइकल चालक ८९४ जना, ट्र्याक्टर चालक १४, कार/जिप चालक ९९, बस चालक ८ जना र ट्रक/ ट्र्याङ्कर चालक ३ जना रहेका छन् । कार्यालयले सवारी दुर्घटनालाई कम गर्न २१० पटकसम्म १७ हजार ३३७ जनालाई ट्राफिक जनचेतना प्रशिक्षण दिएको जनाएको छ ।

 

  • 50Read This News:
  • 450551Total reads:
  • 261893Total visitors: