अफगानिस्तानमा अन्तर्राष्ट्रिय रेडक्रसका ६ कर्मचारी मारिए

अफगानिस्तान, २६ माघ २०७३ । अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ ।

हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिनुभयो ।

“दुर्भाग्यवस जौजाङ प्रान्तमा आज भएको अप्रिय घटनामा ६ जना हाम्रा कर्मचारीको मृत्यु भएको छ,” उहाँले सिन्ह्वासँग भन्नुभयो ।

जौजाङ प्रान्तका गभर्नर लुटफुल्लह अजिजले पनि बिहान भएको घटनाको पुष्टी गर्नुभएको छ ।

“इस्लामिक स्टेट ९आईएस० समर्थित लडाकुहरुको समूहले अन्तर्राष्ट्रिय रेडक्रसका ८ जना कर्मचारीलाई अपहरण गरेकोमा ६ जना मृत्यु भएको अवस्थामा भेटिएका थिए भने २ जना अज्ञात अवस्थामा रहेका छन्,” गभर्नर अजिजले भन्नुभयो ।

घटनाका पीडित सबै जना अफगानिस्तान कै रहेका छन् । आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा कारबाही कडा र तिब्र बनाएको बताएको छ ।

घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३९० किलोमिटर उत्तरतर्फ पर्दछ ।

 

  • 43Read This News:
  • 459759Total reads:
  • 269256Total visitors: