मोटर साइकल दुर्घटनामा घाइतेको उपचारक्रममा मृत्यु

कञ्चनपुर, २७ असोज २०७३ । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउनमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ८० वर्षीय देवबहादुर थापाको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको छ ।

मङ्गलबार साँझ से ३ प ३५६५ नंको मोटरसाइकलको ठक्करबाट घाइते भएका पुनर्वास नगरपालिका–६ का ८० वर्षीय थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पैदलयात्रा गरिरहेका थापालाई ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकलमा पछाडि सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

  • 64Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: