भारत तर्फ लादै गरेको १७ वर्षिए एक किशोरीको सीमा नाकाबाट उद्धार

कञ्चनपुर, २७ असोज २०७३ । माइती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट बुधबार साँझ एकजना किशोरीको उद्धार गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–५ की १७ वर्षीया किशोरीलाई कैलालीकै गोदावरी गाविसका दीपक रोक्कामगरसँग भारततर्फ गइरहेका बेला सीमा नाकाबाट उद्धार गरिएको हो । “किशोरीका बुबाले छोरी हराएको खबर गरेपछि सीमा क्षेत्रमा निगरानी बढाएर किशोरीको उद्धार गरेका छौंँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो ।

उहाँका अनुसार किशोरीलाई भारततर्फ लैजान लागेका दीपक रोक्कामगरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ । उद्धार गरिएकी किशोरी माइती नेपालको संरक्षणमा छिन् । भारतको हल्द्वानी जान भनी हिँडेका बेला बेचबिखनको जोखिममा पर्नसक्ने भन्दै सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालका संयोजक भट्टले बताउनुभयो ।

 

  • 56Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: