रुकुमको घेत्मा गाविसमा रहेको टावरमा खराबी आउँदा सेवाग्रही मर्कामा

जाजरकोट, २७ असोज २०७३ । रुकुमको घेत्मा गाविसमा रहेको नमस्ते मोबाइलको टावरमा खराबी आउँदा जाजरकोट तथा छिमेकी जिल्लाका हजारौँ सेवाग्राही मर्कामा परेका छन् ।

जाजरकोटको पूर्वी भेगका खगेनकोट, रग्दा, लहँ, डाँडागाउँ र सक्ला तथा रुकुमको आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा लगायतका गाविसका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् ।

एक हप्ताअघि देखि टावरमा समस्या आए पनि मर्मततर्फ ध्यान नदिइएको पञ्च भयार मावि खगेनकोटका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । फोनमा आएको खराबीका कारण दसँैमा यहाँका स्थानीयवासीले घरदेखि टाढा रहेका आफन्तसँग खबर आदानप्रदान गर्न नपाउँदा बेखबर भएको आठविसकोटका तिलक वटालाले बताउनुभयो ।

नेपाल टेलिकम जाजरकोटसँग सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण यसबारेमा थप जानकारी पाउन सकिएन ।

 

  • 72Read This News:
  • 458523Total reads:
  • 268095Total visitors: