उपत्यकामा डरलाग्दो प्रदूषण

काठमाडौं- सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ।

वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले गरेको प्रदूषण तथ्यांकलाई नागरिक दैनिकले बुधबारबाट नियमित प्रकाशन गर्दै आएको छ । ६ दिनयताको तथ्यांक नियाल्दा प्रदूषणको मात्रामा खासै कमी आएको देखिँदैन । यद्यपि, यसै साता परेको वर्षात्का कारण भने शनिबार प्रदूषणमा केही कमी आएको थियो ।

शनिबार बेलुका सूचक सरकारी मापदण्डभित्रै सीमित रहेको थियो । ‘तीन महिनापछि उपत्यकाको प्रदूषण शनिबार सरकारी मापदण्डभित्र देखियो,’ काठमाडौंको प्रदूषण मापन गरिरहेको दृष्टिका शिशिर शर्माले नागरिकसँग भने, ‘वर्षात्ले हावामा रहेका धुलोका मसिना कणलाई जमिनमा ओराल्दा प्रदूषण घटेको हो ।’

शनिबार २ देखि ५ बजेसम्म सूचक २५ भन्दा तल झरेको थियो । अरु बेला पनि सूचक ४० कै हारहारी देखिएको थियो । त्यसैगरी शनिबारयता बेलुकाको समयमा पनि सूचक ४० हाराहारी छ । सूचक २५ तल हुनुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ठिकै मान्छ । डब्लुएचओको मापदण्ड सूचक २५ रहेको छ ।

थप समाचारका लागि यो लिंक क्लिक गर्नुहोस: http://www.nagariknews.com/news/13601

साभारः नागरिक न्युज

 

  • 62Read This News:
  • 439142Total reads:
  • 251073Total visitors: