विवादका कारण महिला राष्ट्रिय क्रिकेटमा पूर्र्वाञ्चललाई स्वर्ण

सुनसरी, १२ पुस २०७३। सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो ।

पूुर्वाञ्चल र सशस्त्र प्रहरीे एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट ८ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो ।

एपिएफले गरेको प्रहार पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रोके वा नरोकेको भन्ने बिषयमा सुरु भएको विवाद उग्र रुप लियो । एपिएफले आप्mनो प्रहारबाट चौका प्राप्त गरेको जिकिर गरिरहँदा निर्णायकले चौका नआएको बताउँदै खेल नियमितरुपमा सुरु गर्न पटक पटक आग्रह गर्दा पनि खेल सुरु हुन सकिएन् ।

विवादपछि एपिएफका अफिसियल र खेलाडीले आपूmलाई चौका नदिए नखेल्ने निर्णय गरें । पटक पटक खेल सुरु गर्न आग्रह गर्दा पनि एपिएफले खेल्न नमानेपछि निर्णायकले स्वत पूर्वाञ्चल विजयी भएको घोषणा गरें ।

एपिएफको टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुुभव सङ्गालेका खेलाडीको दबदबा थियो भने पूर्वाञ्चलमा समेत राष्ट्रियस्तरका निकै राम्रा खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिस्प्रधात्मक खेलमा विवाद निस्किएपछि डिभिएम स्कुलको खेल मैदान केही समय तनावग्रस्त देखिन्थें । पटक पटकको आग्रहलाई अस्वीकार गरेपछि निर्णायक अघित प्रधानले एपिएफका खेलाडी मैदानमा नआएकै कारण पूर्वाञ्चल टोलीलाई विजयी घोषित गर्न बाध्य भएको निर्णय सुनाउन मैदानमा आएका थिए ।

घोषणापछि एपिएफले रजत पदकसमेत त्यागेको घोषणा गर्दै खेल मैदानबाट बाहिरिएको थिए । सो अवसरमा एपीएफकी टिम क्याप्टेन बिनु बुढामगरले आफूलाई अन्याय गरेको गुनासो सुनाइन् ।

त्यस्तै पूर्वाञ्चलकी टिम क्याप्टेन कविता गौतमले खेलमा एपिएफले सहभागिता जनाएको भए जित्ने सम्भावना रहेको बताइन् । तर अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी टिमले खेल नै बहिस्कार गरेर हिँड्नु ठीक नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

 

  • 64Read This News:
  • 480528Total reads:
  • 287997Total visitors: