सातौँ राष्ट्रिय खेलकुदमा सेना र सशस्त्र फुटवलको सेमिफाइनलमा

सुनसरी, १२ पुस २०७३। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान १७ को एन्फा टेक्निकल खेल मैदानमा आज भएको नेपली सेना र सशस्त्र प्रहरीको एपिएफ विभागीय टोलीबीच भएको खेलमा गोलरहित बन्दा अङ्क तालिकाको आधारमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

खेल अवधिमा २ मा जित तथा एकमा बराबरीसहित सेनाले ७ अङ्ककासाथ सेमिफाइनल प्रवेश गरेकाहुन् ।

त्यस्तै आजको बराबरीसँगै सशस्त्र प्रहरी टोलीले पनि सेमिफाइनल प्रवेश गरेको छ । एकमा जित तथा दुईमा बराबरी खेलेको सशस्त्र प्रहरीले ५ अङ्कका साथ सेमिफाइनल पुग्ने अवसर पाएको छ ।

यअसघि सोमबार नै नेपाल प्रहरी र मध्यमाञ्चल टिम सेमिफाइन प्रवेश गरिसकेका छन् । सेमिफाइनलका खेल बुधबार हुनेछ ।

 

  • 57Read This News:
  • 472659Total reads:
  • 281240Total visitors: