टाटासुमो चालकसँग २ हजार रुपैयाँ घुसलिएका कारण काभ्रेपलाञ्चोकमा प्रहरी जवान निलम्बनमा

काभ्रे, १२ पुस २०७३। काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हँुदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण ती प्रहरी जवानले सुमोलाई अघि बढ्न नदिएपछि रु दुई हजार घुस दिएका थिए । तर पुनः फर्केर सुमोका चालकले आफूले दिएको २ हजार रुपैयाँ फिर्ता मागेपछि किन दिने रु भनेर जवाफ फर्काएपछि प्रहरी उपरीक्षक सहकुल थापाले उनलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।

सो घटनामा काभ्रेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ऋषिदेव कुशहवालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । रामेछापको मन्थली जान हिँडेको सो सुमोमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापा अनुगमनका लागि सवार हुनुहुन्थ्यो । प्रहरी उपरीक्षक थापाले सो घटना भएको स्वीकार गर्दैै विभागीय कारबाही हुने बताउनुभयो ।

 

  • 65Read This News:
  • 472658Total reads:
  • 281239Total visitors: