लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा

सुनसरी,
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ मारिया खोला ईलाकाबाट बैशाख १३ गते
सशस्त्र प्रहरीले करीव ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित ४
वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको
मोटरसाईकलमा अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म कप्तानगंजले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा
बुझाईएको छ ।

 

  • 56Read This News:
  • 270877Total reads:
  • 133834Total visitors: