लागु औषध सहित भारतीय सवारी पक्राउ

मोरङ्ग,
मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १ स्थित नोवेल डेरी चोक ईलाकाबाट
बैशाख १३ गते सशस्त्र प्रहरीले करीव १ सय २० के.जी. गाँजासहित गाडी
नियन्त्रणमा लिएकोे छ ।
ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय
स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले
गाँजासहित नियन्त्रणमा लिएको हो । सवारी चालक भने फरार भएका
छन् ।
नियन्त्रणमा लिईएको सामान र सवारी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी
कार्यालय मोरङ्गमा बुझाईएको छ ।

 

  • 50Read This News:
  • 270877Total reads:
  • 133834Total visitors: